दुई कम्पनीका लगानीकर्ता मालामाल, आज प्रतिकित्ता कसले कति कमाए ?
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ४.१५ अंकले वृद्धि भएको हो ।
आज बजार परिसुचक १८७०.६३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह २.३५ अंकले घटेको छ भने त्यसबाहेक अन्य समूहहरु हरियाली बनेका छन् ।
उक्त दिन कारोबार रकम पनि उकालो लागेको छ । आज ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता बढी सेयर खरिदबिक्री भएको छ ।
आज दुई कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । उक्त दिन अभियान लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ६० रुपैयाँ ७० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ६६७ रुपैयाँ ९० पैसा कायम भएको छ ।
यस्तै, आज रु रु जलविद्युत परियोजनको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ८.१४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ६१ रुपैयाँ १८ पैसाले वृद्धि भई ८१३ रुपैयाँ कायम भएको छ ।



















