एकै पटक दुई कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कुनको ओपन रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिहीबार नेप्सेमा सयपत्री हाइड्रोपावर र पिपुल्स पावरको आईपीओ सूचीकृत भएको हो ।
नेप्सेमा सयपत्री हाइड्रोपावरको ३० लाख कित्ता र पिपुल्स पावरको ६३ लाख २६ हाजर कित्ता आईपीओ बिहीबार सूचीकृत भएको हो । सयपत्री हाइड्रोपावरको स्टक सिम्बोल एचपिएचएल र पिपुल्सको पीपीएल रहेको छ ।
सयपत्री हाइड्रोपावरको आईपीओले पहिलो कारोबारका लागि ६४ रुपैयाँ ९६ पैसादेखि १९४ रुपैयाँ ८८ पैसासम्म ओपन रेञ्ज पाउनेछ भने पिपुल्स पावरले ९४ रुपैयाँ ९६ पैसादेखि ८८ हजार रुपैयाँ पाउनेछ ।
नेप्सले कुनै पनि कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थको आधारमा ओपनिङ मूल्य तोक्ने गर्दछ ।
यी दुवै कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउनेछन ।


















