नेप्सेमा पिपुल्स पावरको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सेमा पिपुल्स पावरको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बिहिबार पिपुल्स पावर कम्पनीको आइपीओ सूचीकृत भएको हो ।

कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको सेयरको ओपनिङ रेञ्ज न्यूनतम ९४ रुपैयाँ ९६ पैसा देखि २८४ रुपैयाँ ८८ पैसा रहेको छ । कारोबारको संकेत पीपीएल रहेको नेप्सेले जनाएको छ ।

अब आगामी आइतबारबाट कम्पनीको आइपीओ सेयर कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्