शेयर बजारमा ओरालो, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता सुरुवात मै शेयर बजार सामान्य अकंले ओरालो लागेको छ । अघिल्लो साता अन्तिम कारोबारको दिन भने शेयर बजारमा सुधार देखिएकोमा यो साताको सुरु मै शेयर बजार ओरालो लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषण गर्दा समेत शेयर बजार ओरालो लाग्दा लागनीकर्ता निराश बन्दैं गएका छन् । अघिल्लो साता सुधारको संकेत शेयर बजारमा देखिएको भएपनि यो साताको सुरु मै रातो चिन्ह देखा परेको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६९ अकंले घटेर १८६०.९४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुदाँ ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँको कारोबार भएको छ । बिहीबार भने बजार ४.१५ अंकले वृद्धि भएको थियो । बजार परिसुचक १८७०.६३ अंकको बिन्दुमा पुगेर बन्द भएको थियो । उक्त दिन ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता बढी सेयर खरिदबिक्री भएको थियो ।
आज नेप्से ओरालो लाग्दा समेत एभरेष्ट बैंकको शेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको आज ८ करोड ४७ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, गरिमा विकास बैंकको ४ करोड ८८ लाख ६ हजार रुपैयाँ,हिमालयन डिस्टलरीको ३ करोड ३२ लाख ४३ हजार रुपैयाँ र शिव्म सिमेन्टको २ करोड ९९ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।



















