अर्घाखाँची सिमेन्ट भारत पठाउन सुरु, पहिलो चरणमा १०० टन निर्यात « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

अर्घाखाँची सिमेन्ट भारत पठाउन सुरु, पहिलो चरणमा १०० टन निर्यात



काठमाडौं । अर्घाखाँची सिमेन्ट उद्योगले छिमेकी मुलुक भारत तर्फ सिमेन्ट निर्यात थालेको छ ।

भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिजको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यातको सुरु भएको हो ।

उद्योगले सोमबार पहिलो चरणमा १ सय टन पीपीसी सिमेन्ट निर्यात गरेको छ । आज एक कार्यक्रम गरि औपचारिकरुपमा निर्यात थालनी गरेको हो । कम्पनीका अनुसार प्रतिबोरा २६५ रुपैयाँका दरले सिमेन्ट निर्यात भएको हो

सरकारले गत असोज ७ गते सिमेन्ट निर्यात अनुदान सम्वन्धी कार्यविधि संशोधन गरेको थियो । संशोधित कार्यविधि अनुसार वार्षिक ५० करोड रुपैयाँभन्दा बढी निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको छ ।

सरकारले निर्यात प्रोत्साहनका लागि ल्याएको नीति अर्घाखाँची सिमेन्ट भारत पठाउन सहज भएको उद्योगका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले जानकारी दिए । सिमेन्ट निर्यातले भारतसंगको व्यापार घाटा कम गर्न पनि सहयोग पुग्ने उनले विश्वास व्यक्ति गरे ।

हाल अर्घाखाँची सिमेन्टले दैनिक ४ हजार टन अर्थात ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्