दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको दोस्रो दिन शेयर बजार सामान्य अकंले ओरालो लागेको छ । शेयर बजार झिनो अकंले घटे पनि कारोबार भने निकै खुम्चिएको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६१ अकंले घटेर १८५८.३३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँको कारोबार भएको छ ।

नेप्से घटे पनि आज २ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज अभियान लघुवित्त वित्तीय सस्था र सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, कुमारी धनवृद्धि योजनाको ३.८५ प्रतिशत र इन्फिनिटी लघुवित्तको ३.८० प्रतिशतले बढेको हो ।

त्यस्तै, आज पिपुल्स पावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, बेलेफी हाइड्रोपावरको ५.१० प्रतिशत र रिलायन्स फाइनान्सको ४.७२ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्