२१ श्रावण २०८३, बिहिबार

यी हुन् २० देखि ४३ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता भएका बैंकहरु, कुनको कति ?



काठमाडौं । यस वर्षका लागि लाभांश सिजन सुरु भईसकेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

सोही क्रममा संचालनमा रहेका मध्ये ४ वटा वाणिज्य बैंकले पनि गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।

२७ वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक, बैंक अफ काठमाण्डू, सिटिजनस र कुमारी बैंकले लाभांश घोषणा गरेका छन् ।

एनसीसी बैंकले गत आवका मुनाफाबाट आफ्ना सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले नगद लाभांशमा जोड दिएको छ । बैंकले ७.६३३७ प्रतिशत नगद र ३.३६६३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

बैंक अफ काठमाण्डूले पनि यस वर्षका लागि लाभांश घोषणा गरेको छ । गत आवको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यस्तै, सिटिजन बैंकले भने गत आवको मुनाफबाट ९ प्रतिशत र कुमारी बैंकले १२.५ प्रतिश प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता भएका बैंकहरुको बारेमा चर्चा गर्ने छौं ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले यस वर्षका लागि सबैभन्दा बढी लाभांश दिने क्षमता राख्दछ । गत वर्षका चौंथो त्रैमासिक वित्तीय रिर्पोट अनुसार बैंकले ४३.६७ प्रतिशत लाभांश वितरण गर्न सक्न क्षमता देखिएको हो ।

गत वर्षको् चौंथो त्रैमासमा बैंकको वितरण योग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख ५४ हजार रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ । जसका आधारमा यस वर्ष कम्पनीले अधिकतम ४३.६७ प्रतिशत लाभांश दिन सक्नेछ ।

नबिल बैंक

नबिल बैंक पनि लगानीकर्ताको रोजाईमा पर्ने बैंक हो । बैंक लगानीकर्ताका लागि आकर्षक लाभांश वितरण गर्दै आएको छ । बैंकले यस वर्ष आफ्ना सेयरधनीलाई उच्च प्रतिफल वितरण गर्ने देखिएको छ ।

गत वर्षको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार यस वर्ष बैंकले ३९.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । बैंकको गत वर्षको चौंथो त्रैमासमा वितरण योग्य मुनाफा ९ अर्ब १२ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ । जसका आधारमा बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ छ भने बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोड ६४ लाख ३८ हजार रुपैयाँ रहेका छ । यसका आधारमा बैंकले यस वर्षका लागि आफ्ना सेयरधनीहरुलाई अधिकतम ३३.२६ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

स्टाण्डर्ड चाटर्ड बैंक

गत वर्षको वित्तीय रिर्पोट अनुसार स्टाण्डर्ड चाटर्ड बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख ४० हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकले पनि आफ्ना सेयरधनीलाई ३०.८७ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई २९.६३ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत वर्षको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख १५ हजार रुपैयाँ रहेको छ । यता, बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । यसका आधारमा नै बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।

नेपाल बैंक

नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ रहेको छ । गत वर्षको रिर्पोट अनुसार बैंकको वितरण योग्य नाफा पनि १ अर्ब ५४ करोड ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी र वितरण योग्य नाफाका आधारमा बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई २४.७४ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

हिमालयन बैंक

हिमालयन बैंकले भने यस वर्षका लागि २०.६२ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको छ । भने बैंकको वितरण योग्य नाफा २ अर्ब ६६ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ । यसका आधारमा भने बैंकले सो लाभांश दिन सक्ने देखिएको हो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकको भने २०.३० प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । बैंकको चुक्ता पुँजी र वितरण योग्य नाफाको आधारमा उक्त लाभांश दिन सक्ने क्षमता देखिएको हो । बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ र वितरण योग्य नाफा भने ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।