दोहोरो अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

दोहोरो अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साता चौथो दिन समेत शेयर बजारमा सुधार आउन सकेको छैन । शेयर बजारका लागि यो साताका ३ वटै कारोबारमा सुधार तिर जान सकेने । भारी गिरावट नआएपनि सामान्य अकंले घटेको शेयर बजारमा कारोबार भने खुम्चिन पुगेको हो ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८१ अकंले घटेर १८४५.५१ बिन्दु बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६१ अकंले घटेर १८५८.३३ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर किनबेच हुदाँ ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँको कारोबार भएको थियो ।

आज सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने घोषणा गरेसँगै कम्पनीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ३ करोड ७२ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको २ करोड ४१ लाख ५१ हजार रुपैयाँ, रिडि पावरको २ करोड ३३ लाख १९ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको १ करोड ८६ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्