आज लक्ष्मी पूजाः विधिसहित पुजा गर्न के–के चाहिन्छ सामाग्री ?
काठमाडौं । आज एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा हुदैछ । आज दिन श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रि लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधूली लग्न (वृष) साँझ ६बजेर ३७ मिनेटबाट ८ बजेर ३३ मिनेटसम्मको समय शुभ रहन्छ ।
साथै साँझ सूर्यास्तको समय ५ बजेर २५ मिनेटमा पनि लक्ष्मीपूजाको लागि उत्तम साइत रहेको छ। यसै दिन जगत् र प्राणीहरू सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा पनि छ । लक्ष्मी पूजाको रातलाई सुखरात्री भन्ने गरिन्छ।
घरमा अन्न धेरै भित्रियोस् भनेर लक्ष्मीको पूजा गरिन्छ। घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिड्ने बाटो तयार गरिन्छ। त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराका ेसुतलामा बत्ती बाल्ने गरिन्छ।
आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाइन्छ । बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरकोचारैतिर सफा सुग्घर गरीआँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङ्ल गायतकाठाउँमा बत्ती बाली लक्ष्मीपूजा गरिन्छ ।
जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँलक्ष्मीले सदा बास गर्ने भन्दै लक्ष्मीपूजाको महिमा सुरुभएको धार्मिक विश्वासका आधारमा आजको दिन सम्पूर्ण नेपालीले धनकी देवी लक्ष्मीको पूजा दीपावली गरेर गर्ने परम्परा रहेको हो ।
लक्ष्मीपूजाको रात घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ।
त्यसैले घरका झ्यालढोकाबत्ती बालेर झकिझकाउ पारिन्छन् । बत्ती बालेपछि लक्ष्मीमाता स्थापना गरिन्छ घरमा भएका गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी, फूलमाला आदि सामग्री चढाएर लक्ष्मीको पूजाअर्चना गरिन्छ ।
लक्ष्मीपूजाका दिन गरगहनाको पूजा गरिने भएकाले बजारबाट सूनचाँदी लगायत धनमाल किन्ने चलन छ । थन्क्याएर राखिएका पूराना गरगहना समेत आज झिकेर लक्ष्मीस्थापना गरिएको कोठामा विधिपूर्वक राखी पूजा गरिन्छ ।
आज गाउँघर शहर बजारका घरघरमा केराको बोट गाडेर घरसजाएर लक्ष्मीपूजा गरिने हुँदा केराको बोटको बिक्री अत्याधिक हुने गर्दछ । मानिसहरु गाउँगाउँबाट केराको बोट ल्याएर बिक्री गर्ने गर्दछन् ।
लक्ष्मी पूजाको अवसरमा आज मानिसहरुले घरमा लक्ष्मीको पूजा गर्ने, घर सफासुग्घर राखी रङ्गीचङ्गी बिजुलीका बत्तिबाट झकिझकाउ पार्ने तथा दियोबाल्ने परम्परा छ भने ग्रामीण क्षेत्रका बालबालिका सन्ठीको विडो बनाएर हुकाहुकी खेल्ने चलन छ ।
आजकै लक्ष्मीको प्रतिक स्वरुप गौमाता अर्थात गाईको पूजा गरिन्छ । जनै पूर्णिमाका दिन नाडीमा बाँधेको रक्षा बन्धन (डोरो) फुकाएर त्यसैमा उनेको माला आज लक्ष्मीपूजाका दिन गाईलाई लगाईदिंदा सजिलैबैतर्णी नदि तर्न सकिने पौराणिक लिखत छ ।
लक्ष्मीपूजामा गाउँघरमा विशेष उल्लासकासाथ गाईको पूजा गरिन्छ तर शहर बजारमा भने गाई पाल्नेहरु निकै कम मात्रै हुने भएकाले मनिसहरु गाईलाई खोजीखोजी पूजा गर्दछन् ।
कुनैपनि धार्मिक एवं पित्री कार्यसम्पन्न गर्दा पूजास्थललाई गोबरले लिपेर शुद्ध पारिन्छ ।देवीदेवताको पूजा गर्दा गाईको दूधबाट बनाइने पञ्चामृत अनिवार्य चाहिन्छ । जुठो सुतक पर्दा शुद्ध हुन गौमुत्र (गहुँत) खानेचलन छ भने घर शुद्ध बनाउन पनि गहुँत छर्किनु पर्दछ ।
गाईको दूधबाट तयार हुने सवै परिकारहरु मानव शरिरका लागि अमृततुल्य र पोषिलो हुने गर्दछ । त्यहि भएर हिन्दू समुदायमा गाईलाई आमापछि कि माता भनि गौमाताका रुपमा पूजा गर्ने चलन छ । लक्ष्मीपूजाकादिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन पनि छ ।
सामान्यतया एक दिन अघि वा सोही दिन बिहान गाई तिहार मनाएर साँझमा लक्ष्मीपूजा मनाइन्छ । तर, यसपटक लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् भोली (कार्तिक ८ गते) मात्र गाई तिहार तोकिएको छ ।












