नेप्सेमा आयो सुधार, यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सेमा आयो सुधार, यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले सुधार आएको छ । बि.स २०७९ को दिपावली पछिको अन्तिम कारोबारको दिन शेयर बजार सकारात्मक तिर लम्किदैं बन्द भएको छ । अघिल्लो साता झिनो अकंले घट्ने तथा बढ्ने गरेकोमा यो साता आजको कारोबारमा भने सुधार देखिएको हो ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अकंले बढेर १८५८.४९ बिन्दु बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३८ अकंले घटेर १८४४.१४ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता शेयर किनबेच हुदाँ ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँमा कारोबार सिमित भएको हो ।

शेयर बजारमा सुधार आउँदा आज एभरेष्ट बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर आज ५ करोड १६ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड ३८ लाख ८० हजार रुपैयाँ, नेपाल बैंकको ३ करोड २० लाख १८ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको संस्थापक शेयरको २ करोड २९ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्