नेप्सेमा दोहोरो अकंको सुधार, वाणिज्य बैंकहरुको भयो सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सेमा दोहोरो अकंको सुधार, वाणिज्य बैंकहरुको भयो सर्वाधिक कारोबार



काठमाडौं । हिन्दु नेपालीहरुको महान चार्ड दशैं सकिएपछि आजबाट तिहार शुरु भएको छ । तिहारको पहिलो दिन काग तिहारबाट सरु भएसँगै भोलिदेखि एक साता सार्वजनिक बिदा हुने छ । बि.स २०७९ को दिपावली सुरु भएपछिको अन्तिम कारोबारको दिन शेयर बजार सकारात्मक तिर लम्किदैं बन्द भएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अकंले बढेर १८७४.८७ बिन्दु बन्द भएको छ । तिहार अघि अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अकंले बढेर १८५८.४९ बिन्दु बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुदाँ ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँको कारोबार भएको थियो ।

आज सबैं एनआईसी एशिया बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड १७ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ८० लाख २५ हजार रुपैयाँ, प्रभु बैंकको २ करोड ७६ लाख १४ हजार रुपैयाँ र शिभम सिमेन्टको १ करोड ६२ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्