समय थप्न सकिन्छ तर व्याज मिनाहा हुँदैनः गभर्नर अधिकारी « Arthapath.com
२४ बैशाख २०७७, बुधबार

समय थप्न सकिन्छ तर व्याज मिनाहा हुँदैनः गभर्नर अधिकारी



काठमाडौं । उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको व्याजालई मिनाहा गर्न नसकिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

दैनिक उद्योगी व्यवसायीले व्याज मिनाहाको गर्न माग गरेको भएपनि तत्कालको लागि यो कार्यान्वयन गर्न नसकिने मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा अधिकारीले यस्तो बताए ।

उनले बैठकमा बरु व्याज तिर्ने समय सार्न सकिने बताए । वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको बताउँदै पाँच करोडभन्दा बढी ऋण लिनेहरु ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको उनले बताए ।

बैंक तथा वित्तीय क्षेत्रले बैशाख २१ गतेसम्म ३६ खर्ब ७८ निक्षेप संकलन गरी ३२ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको र बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा मध्ये कृषि क्षेत्रमा कुल कर्जाको ७.०४ प्रतिशत अर्थात कर्जा प्रवाह २ खर्ब २० अर्ब ४३ करोड रुपैयाँ र उत्पादनमुलक क्षेत्रमा ५ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ प्रवाह भएको छ ।


प्रतिक्रिया दिनुहोस्