एकै दिन थपियो १७ जना कोरोना संक्रमित, ९९ पुग्यो

काठमाडौं । सरकारले लकडाउन ११ दिन थप गरेकै दिन नेपालमा कोरोना संक्रमितको संख्य ९९ जना पुगेको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास लम्सालले मन्त्रालयद्वरा नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमितको संख्या १७ जना थप भएको पुष्टि गरेका छन ।
नेपालमा कोरोना संक्रसमितको संख्या ९९ पुगेको छ । यो एकैदिन हालसम्मकै बढी संक्रमित भएको दिन हो । प्रवक्ता देवकोटाका अनुसार कोरोना संक्रमित एक जना दुई महिने शिशु पनि रहेको छ । नया कोरोना संक्रमितमा १० जना पुरुष र ७ जना महिलामा आज कोरोना भेटिएको सरकारले जनाएको छ ।