लाभांश घोषणा गर्न १८ वाणिज्य बैंक बाँकी, कुनको वितरण क्षमता कति ?

काठमाडौं । २७ वटा वाणिज्य बैंकहरु मध्यहाल ८ बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरकेो छ । अझै १८ वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गर्न बाँकी रहेको छ ।
२७ वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी), सानिमा बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ ।
अघिल्लो वर्षको तुलनामा कम्पनीहरू बोनस सेयरभन्दा नगद लाभांशमै केन्द्रित भएको देखिएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६.५१ प्रतिशत, सानिमा बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस र १०.६ प्रतिशत नगद लाभांश, बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश, एनसीसी बैंकले ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश दिएको छ ।
यस्तै, गत आवको मुनाफाबाट कुमारी बैंकले १२.५ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.५२६३ प्रतिशत र सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
अन्य १८ वाणिज्य बैंकहरु
नबिल बैंक
नबिल बैंक पनि लगानीकर्ताको रोजाईमा पर्ने बैंक हो । बैंक लगानीकर्ताका लागि आकर्षक लाभांश वितरण गर्दै आएको छ । बैंकले यस वर्ष आफ्ना सेयरधनीलाई उच्च प्रतिफल वितरण गर्ने देखिएको छ ।
गत वर्षको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार यस वर्ष बैंकले ३९.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । बैंकको गत वर्षको चौंथो त्रैमासमा वितरण योग्य मुनाफा ९ अर्ब १२ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ । जसका आधारमा बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ छ भने बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोड ६४ लाख ३८ हजार रुपैयाँ रहेका छ । यसका आधारमा बैंकले यस वर्षका लागि आफ्ना सेयरधनीहरुलाई अधिकतम ३३.२६ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई २९.६३ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत वर्षको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख १५ हजार रुपैयाँ रहेको छ । यता, बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । यसका आधारमा नै बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।
नेपाल बैंक
नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ रहेको छ । गत वर्षको रिर्पोट अनुसार बैंकको वितरण योग्य नाफा पनि १ अर्ब ५४ करोड ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी र वितरण योग्य नाफाका आधारमा बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई २४.७४ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।
हिमालयन बैंक
हिमालयन बैंकले भने यस वर्षका लागि २०.६२ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको छ । भने बैंकको वितरण योग्य नाफा २ अर्ब ६६ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ । यसका आधारमा भने बैंकले सो लाभांश दिन सक्ने देखिएको हो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको भने २०.३० प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । बैंकको चुक्ता पुँजी र वितरण योग्य नाफाको आधारमा उक्त लाभांश दिन सक्ने क्षमता देखिएको हो । बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ र वितरण योग्य नाफा भने ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडको भने १६.८२ प्रतिशत लाभांश दिने क्षमता रहेको छ । बैंकको चुक्तापूँजी र विवरण योग्य नाफाको आधारमा उक्त लाभांश दिन सक्ने क्षमता देखिएको हो । बैंकको चुक्तापूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २ अर्ब १० करोड ६८ लmाख १० हजार रुपैयाँ रहेको छ ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकको चुक्तापूँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको छ । त्यस्तै बैंकको वितरण योग्य नाफा १ अर्ब ४४ करोड ८८ लाख ५ हजार रुपैयाँ रहेको छ ।यसका आधारमा बैंकको लाभांश दिने क्षमता १४.७४ प्रतिशत रहेको छ ।
एनएमबि बैंक
एनएमबि बैंकले आफ्ना शेयरधनीहरुलाई १३.०३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । कम्पनीको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको छ भने वितरण योग्य नाफा २ अर्ब ३९ करोड २४ लाख १० हजार रुपैयाँ रहेको छ ।
माछापुछे« बैंक
माछापुछे« बैंकले १२.९५ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार र वितरण योग्य नाफा १ अर्ब ३२करोड ८४ लाख ५ हजार रुपैयाँ रहेको छ । यसै आधारमा बैंकले लाभांश क्षमता रहेको छ ।
प्राइम कर्मसियल बैक
प्राइम कर्मसियल बैकको चुक्तापूँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ रहेको छ । साथै वितरण योग्य नाफा २ अर्ब ३४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकले आफ्ना शेयरधनीहरुलाई १२.५८ प्रतिशत लाभांश खुवाउन सक्छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ११.१३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । बैंकको चुक्तापूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, वितरण योग्य नाफा २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
प्रभु बैंक
प्रभु बैंकले पनि आफ्ना शेयरधनीहरुलाई ११.१२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । बैंकको चुक्तापूँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ । यसै आधारमा लाभांश दिने क्षमता तय गरेको हो ।
सिभिल बैंक
सिभिल बैंकको चुक्तापूँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ रहेको छ । साथै, वितरण योग्य नाफा १ अर्ब ६३ लाख ९ हजार रुपैयाँ रहेको छ । सोहि आधारमा बैंकले शेयरधनीहरुलाई ११.०९ प्रतिशत लाभांश दिन सक्छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले १०.८७ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ रहेको छ भने वितरण योग्य नाफा १ अर्ब २५ करोड ५२ लाख १ हजार रुपैयाँ रहेको छ ।
मेगा बैंक
मेगा बैंकको चुक्तापूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ । साथै वितरण योग्य नाफा १ अर्ब ६३ करोड ६० लाख ४१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १०.१५ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
सेन्चुरी बैंक
सेन्चुरी बैंकले आफ्ना शेयरधनीहरुलाई ९.५४ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ भने वितरण योग्य नाफा ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
सनराइज बैंक
सनराइज बैंकले समेत २.५३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । बैंकको लाभांश दिने क्षमता वाणिज्य बैंकहरु मध्य कैं सबै भन्दा कम हो । बैंकको चुक्तापूँच्जी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ छ । भने वितरण योग्य नाफा २५ करोड ६१ लाख १६ हजार रुपैयाँ रहेको छ ।