बारामा भारतीय नागरिकहरुद्वारा सशस्त्रको चेकपोष्टमाथि आक्रमण « Arthapath.com
२५ बैशाख २०७७, बिहीबार

बारामा भारतीय नागरिकहरुद्वारा सशस्त्रको चेकपोष्टमाथि आक्रमण



काठमाडौँ । नेपाल–भारत सीमाअन्तर्गत बाराको कबहीगोठमा भारतीय नागरिकहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रविणकुमार श्रेष्ठका अनुसार बिहीबार दिउँसो करिब १ सय जनाको संख्यामा आएका भारतीय नागरिकको समूहले सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले १ राउण्ड हवाई फायर गर्नु परेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

जबरजस्ती नेपालतिर प्रवेश गर्न खोज्नेलाई सुरक्षाकर्मीले रोकेपछि उनीहरु फर्किएका थिए तर पछि थप मानिसहरु बोलाएर सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थालेका हुन् ।

भीडमा आएका भारतीय नागरिकहरुले सशस्त्र प्रहरीको पोस्टमा ढुङ्गामुडा गरेका थिए । भारतीय नागरिकको ढुङ्गामुडाका कारण सशस्त्र प्रहरीको चेकपोस्टमा क्षति पुगेको छ । अहिले अहिले दुवै देशका अधिकारीहरुबीच छलफल चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्