२ जनामा कोराना भाइरस संक्रमण पुष्टि, संक्रमित संख्या १०१ पुग्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

२ जनामा कोराना भाइरस संक्रमण पुष्टि, संक्रमित संख्या १०१ पुग्यो



काठमाडौँ । कपिलवस्तुमा बिहीबार साँझ दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमितको संख्या पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार संक्रमित कपिलवस्तु – ८ का १६ वर्ष र २२ वर्षका युवाहरु रहेका छन्। संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

Ministry of Health and Population-Nepal को फोटो।


प्रतिक्रिया दिनुहोस्