सनराइज बैंकले लाभांश नदिने
काठमाडौं । सनराइज बैक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकले यस आर्थिक वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगर्ने भएको हो ।
कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश तथा बोनस लाभांश नदिने निर्णय गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७७।०७८ मा भने बैंकले ६.६५ प्रतिशत बोनस र ०.३५ नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।














