तीन लघुवित्तसहित पाँच कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगललबार विभिन्न कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन भएको हो ।
हिमालयन डिष्टीलरीको ६० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य २ हजार ५१८.७५ रुपैयाँ तोकेको छ । कम्पनीको अन्तिम मूल्य ४ हजार ३० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य ८२१ रुपैयाँ ३८ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य १ हजार १० रुपैयाँ ३० पैसा को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
साधना लघुवित्तको १९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य ९०४ रुपैयाँ २० पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य १ हजार ७६ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
गुँरास लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य ८०० रुपैयाँ १९ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ८३२ रुपैयाँ २० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
साथै, मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ४१९ रुपैयाँ ३८ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य ४७६ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।