बिहिबार तीन कम्पनीको साधारण सभा बस्दैं, शेयरधनीको हात भने रित्तो
काठमाडौं । बिहिबार (पुष २१ गते) ३ कम्पनीको वार्षिक साधारण सभा बस्दैं छ । चन्द्रागिरि हिल्स, अपर हेवाखोला हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको साधारण सभा बिहिबार बस्दैं छ ।
चन्द्रागिरि हिल्स लिमिटेडको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आफ्नो १३औं वार्षिक साधारण सभा पुष २१ गतेका लागि बोलाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।
सभा चन्द्रागिरि हिल्स लिमिटेडको कार्यालय थानकोेट पसिरदमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुृका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पातिर गर्ने छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुष ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ११औं वार्षिक साधारण सभा पुष २१ गतेका लागि बोलाएको छ । सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाइ कुनै पनि लाभांश दिएको छ । कम्पनीको सभाले गत आर्थक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
उक्त सभाले ४ जना शेयरधनी संस्थापकबाट र २ जना संचालक सर्वसाधरणबाट नियुक्त गर्ने कार्यसूची समेत रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष ४ गतेदेखि २१ गतेसम्म बुक क्जोज गर्ने भएको हुदाँ पुष ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
सामलिङ्ग पावर कम्पनीले ज्वागल ब्यांक्वेट ललितपुरमा बिहान १० बजे बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ । सभाले आव २०७८÷७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै, आव २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।













