नेप्सेमा एक लघुवित्तको २० प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको २० प्रतिशत बोनस शेयर बापतको २३ लाख १२ हजार ४९७.२२१४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिएको थियो । सोहि बोनस आज नेप्सेमा सूचीकृत भएको हो ।