अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिल्दै: लगानीकर्ता उत्साहित, निरन्तर उकालो यात्रामा सेयर बजार « Arthapath.com
२१ पुष २०७९, बिहीबार

अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिल्दै: लगानीकर्ता उत्साहित, निरन्तर उकालो यात्रामा सेयर बजार



काठमाडौं । सेयर बजारमा रौनकता कायमै देखिएको छ । नयाँ सरकार बने लगत्तै सेयर बजार उकालो यात्रा कायमै राखेका हो ।

विशेष गरि अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनले लगानीकर्तामा छुट्टै उत्साह छाएको हो । नयाँ सरकार गठन भएयता नेप्से परिसूचक २७८.२९ अंक बढिसकेको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले पूँजी बजार सुधारका लागि कुनै सकारात्मक कदम चाल्न नसकेको बताउँदैं निराश लगानीकर्ता अहिले एकाएक उत्साहित बनेका छन् ।

वर्तमान प्रधानमन्त्री पुष्प कमल दाहालले अर्थमन्त्री विष्णु पौडेलले र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँगको भेटमा पूँजी सम्बन्धी सहि कदम चाल्न निर्देशन गरेसँगै लगानीकर्ता हौसिएका थिए । बुधवार मात्रै राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । चालु पुँजी कर्जा मार्गदर्शन संशोधनले सकरात्मक प्रभाव बजारमा परेको छ ।चालू पूँजी मार्गदर्शन संशोधन गरेपछि बजार थप उकालो लागेको हो । अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिल्ने भएकाले विष्णु पौडेल मन्त्री नियुक्त भएदेखि नै सेयर बजार निरन्तर बढिरहेको थियो ।

साताको अन्तिम कारोबार दिन पनि बजार १८.०९ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक पनि २१४३.९३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बिहीबार पाँच महिनापछि कारोबार रकम ५ अर्ब नाघेको छ । सो दिन ५ अर्ब ४ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । आज २ उपसूचक भने राताम्य भएका छन् ।

आज बैंकिङ समूहको ०.३१ प्रतिशत र अन्य समूहको ०.८७ प्रतिशतले शेयर मूल्य घटेको छ । अन्य ११ उपसूचकमा हरियाली छाएको छ । आज हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ४३ करोड १९ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ । साथै, रिडी पावरको २१ करोड, हिमाल दोलखाको ११ करोड रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्