२४ श्रावण २०८३, आइतबार

सुपर हेवा पावरको आईपीओ निष्काशनको बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल



काठमाडौं । सुपर हेवा पावरले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले निष्काशन गर्ने ११ लाख ५४ हजार ३६० कित्ता आईपीओको बिक्री प्रवन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्ने भएको छ । आईपीओ निष्काशनका लागि बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल र सुपर हेवा पावरबीच सम्झौता भएको हो ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।