७ श्रावण २०८३, बिहिबार

पानासोनिक लाइफ सोलुसन्स इन्डीयाको शोरुम नेपालमा पहिलो पटक संचालनमा, यस्ता छन् आकर्षक उत्पादन



काठमाडौं । पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ शोरुमको बिहीबार उद्घाटन गरेको हो । पानासोनिक लाइफ सोलुसन्स इण्डियाले सन् २०२३ भित्र दक्षिण एसियाली मुलुक सार्क क्षेत्रमा ३१ शोरुम संचालनमा ल्याउने लक्ष्य लिएको छ ।

पानासोनिक सोलुसन्स इण्डिया भारतमा विद्युतीय निर्माण सामग्री(इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक हो । इसिएमबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउसिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा पनि काम गर्दै आएको छ । अत्याधुनिक उत्पादन डिजाइनसाथ शोरुमले उच्चस्तरीय पानासोनिक उत्पादनहरु जस्तै मोड्युलर किचेन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट(इएसटी), लुगा सुकाउने प्रविधि, रिभोल्भिङ सुज ¥याकलगायतका हाउजिङ सोलुसनको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दोक्रममा रहेको र नेपालमा पनि प्रविधिप्रति उपभोक्ताको वढ्दो आकर्षणलाई मध्यनजर गर्दै सोरुम संचालनमा ल्याएको कम्पनीको भनाइ छद्ध । कम्पनीले प्रारम्भिक चरणमा सहरी उपभोक्तालाई नवीन आवास समाधान प्रदान गर्ने लक्ष्य लिएको छ । पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताले काठमाडौंका रियलस्टेट व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर र उपभोक्तालाई परिस्कृत सुरक्षा, आराम र सुविधाको अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकका रूपमा काम गर्ने कम्पनीको दाबी छ ।

पानासोनिक लाइफ सोलुसन्स इण्डियाको साझेदार नेपालस्थित रुक्मणी इन्टरनेशनलका आदित्य बुधियाले भन्नुभयो‘रुक्मिणी इन्टरनेशनल पानासोनिक लाइफ सोलुसन्स इण्डियाको नयाँ साझेदारीबाट निकै उत्साहित छ । प्यानासोनिक लक्जरी किचेन्स एसियाली आवासका लागि निकै उपयोगी छन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनमा कार्यक्षमता खोज्ने ग्राहकको माग पूरा गर्नेछ । हामी यसका ब्रान्डका लागि ठूलो अपेक्षासाथ आएका छौं ।’

पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालि विगतमा एंकर इलेक्ट्रीकल्स प्रालिका रुपमा रहेको थियो । पानासोनिक होल्डिङ कर्पोरेसन जापानको पूर्ण स्वामित्वको सहायक कम्पनी हो । भारतभरी उपस्थिति रहेको यो विद्युतीय निर्माण सामग्री उत्पादन र समाधानका लागि एक विश्वसनीय ब्रान्ड हो, जसले वायरिङ उपकरणहरू स्वीच, केबुल, सकेट र सोसँग सम्वन्धि आवश्यक उपकरण, स्वीच गियर, कन्टक्ट पाइप र बक्स, सोलार प्रविधि, इन्भर्टरलगायत उत्पादन गर्छ । आवासीय र व्यावसायिक प्रकाश, एलओटी एण्ड होम अटोमेसन, फ्यान, वाटर हिटर, इभी इन्फ्रास्ट्रक्चर÷चार्जर, मोड्युलर किचन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटीएस) र लुगा सुकाउने प्रविधि उत्पादन गर्छ ।

भारतमा कम्पनीको बैंगलोरमा अनुसन्धान र विकास केन्द्रसहित २७ वटा शहरमा २९ कार्यालय रहेका छन् भने १० हजारभन्दा बढीलाई रोजगारी दिएको छ । जसमा भारतमा सातवटा अत्याधुनिक उत्पादन इकाइहरु छन् र गुणस्तरीय अत्याधुनिक विद्युतीय उत्पादन उत्पादन गर्छ । विद्युतीय निर्माण सामग्रीमा उत्कृष्ट ब्रान्डमध्ये एकका रूपमा मान्यताप्राप्त पानासोनिक लाइफ सोलुसन्स इण्डियाले विद्युतीय, नवीकरणीय र आवासीय समाधानमा व्यावसायिक, औद्योगिक र घरेलु समाधानमा आफूलाई अग्रणी संस्थाका रुपमा पहिचान बनाउन सफल भएको छ । पानासोनिकको मोड्युलर किचेन व्यवसाय १९६३ मा जापान मा सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्