२४ श्रावण २०८३, आइतबार

पोखरामा जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटियो



काठमाडौं । पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । दुर्घटनाग्रस्त विमानमा हालसम्म १६ जनाको शव निकालिएको जनाएको छ ।

उद्धार भइरहेको र बाकीको विवरण आउन बाँकी रहेको छ ।