सरकारले भोलि देशभर शोक बिदा निर्णय
काठमाडौं । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बालुवाटारमा आज (माघ १ गते) बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।













