लकडाउन बढाउने सरकारको तयारी « Arthapath.com
२ जेष्ठ २०७७, शुक्रबार

लकडाउन बढाउने सरकारको तयारी



काठमाडौं । लकडाउन बढ्ने भएको छ । सरकारले लकडाउन बढाउन र थप कडाई गर्ने भएको हो । लकडाउनलाई थप प्रभावकारी रुपले अगाडि बढाउनका लागि अहिले उच्चस्तरीय समितिको बैठक बसिरहेको छ । देशभर कोरोना भाइरसको बिरामीहरु बढ्दै गएपछि सरकारले लकडाउन बढाउने संकेत गरेको हो ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न विज्ञहरूसहितको बैठक बसेको हो । सरकारले चैत ११ गतेदेखि नै लकडाउन जारी गरिरहेको छ। जेठ ५ गते लकडाउनको समयावधि सकिँदैछ ।


प्रतिक्रिया दिनुहोस्