विदेशबाट फर्केका युवालाई सुरुवाती पुँजी उपलब्ध गराउने « Arthapath.com
२४ असार २०८२, मंगलबार

विदेशबाट फर्केका युवालाई सुरुवाती पुँजी उपलब्ध गराउने



काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गरिन् ।

नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराइने भएको छ । नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उक्त कार्यक्रमका लागि सरकारले चालु आवमा सञ्चालित कार्यक्रमलाई पूर्नसंरचना गरेर कार्यक्रम क्षेत्र बिस्तार गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोभिड(१९ का कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएको भन्दै युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति रहेको पनि उनले बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मानिसको जीवन रक्षा सरकारको सर्वोच्च कर्तव्य भएको बताएकी छन् । संघीय संसद्को संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले विश्व समुदाय अदृष्य दुस्मनकाविरुद्ध लडिरहेको बताएकी हुन् ।

‘कोभिड– १९ का कारण परेको आर्थिक क्षतिको पूर्ति होला, तर गुमेको मानव जीवनको क्षतिपूर्ति हुन सक्दैन । यो बेला मानिसको जीवनरक्षा सरकारको सर्वोच्च कर्तव्य हुन आउँछ,’ उनले भनिन् ।

राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वले जनमतको सम्मान हुने बताएकी छिन् । उनले दलहरुलाई जनादेशअनुसार भूमिका खेल्न, नेतृत्वको क्षमता विकास, विकासप्रति जिम्मेवार उत्तरदायी बनाउने बताइन् । ‘यसले लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउँछ । यो सरकारको नीति स्पष्ट छ। कार्यान्वय परिणाममुखी छ,’ उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस्