पाँच कम्पनीले पठाए सेयरधनीको खातामा लाभांश, कुनको बोनस र नगद कति ? « Arthapath.com
१३ माघ २०७९, शुक्रबार

पाँच कम्पनीले पठाए सेयरधनीको खातामा लाभांश, कुनको बोनस र नगद कति ?



काठमाडौं । दुई विकास बैंकसहित पाँच कम्पनीले आफ्ना सेयरधनीलाई लाभांश बाँडेका छन् ।

महालक्ष्मी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, आरएसडीसि लघुवित्त,मेरो माइक्रोफाइनान्स लघुवित्त र मन्दाकिनी हाइड्रोपावर कम्पनीले सेयरधनीको हितग्राही खातामा लाभांश पठाउन सुरु गरेका हुन् ।

कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्तावित लाभांश छुट्टा छुट्टै मितिमा सेयरधनीहरुको खातामा लाभांश पठाएका हुन् । यीमध्ये एक्सेल डेभलपमेन्ट बैंकले भने सेयरधनीहरुको बैंक खातामा बोनस सेयर जम्मा गरिदिएको छ भने अन्य कम्पनीहरुले नगद लाभांश वितरण गरेको हो ।

एक्सेल डेभलपमेन्ट बैंक सेयरधनीको बैंक खातामा बोनस शेयर जम्मा गरेको छ । वार्षिक साधारण सभाबाट पारित ८.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस क्लियरिङ्गमा सूचीकृत भएपछि कम्पनीले सेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको हो । २०७९ असार २७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको हकमा सम्बन्धीत हितग्राही खातामा जम्मा गरिदिएको कम्पनीले जानकारी दिएको छ ।

महालक्ष्मी विकास बैंक नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको करसमेत ६ दशमलव ४७ प्रतिशत नगद लाभांश साधारण सभा सम्पन्न भएको दिनदेखि नै वितरण गर्न शुरु गरेको हो । कम्पनीले पुस १७ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरेको जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

मन्दाकिनी हाइड्रोपावरले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो । कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कर प्रयोजन सहित ५ नगद लाभांश जम्मा गरेको हो ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको खातामा लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।कम्पनीले पुष २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ३ प्रतिशत नगद लाभांश सम्बन्धी सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश वितरण गर्ने सुरु गरेको हो ।

कम्पनीलको माघ ६ गते सम्पन्न १०औंं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/७९ को लागि आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । सोहि नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरेको हो । कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाँच वटै कम्पनीले लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न भनेको छ । खाता अद्यावधिक गरेपछि मात्र लाभांश खातामा पठाइने छ ।


प्रतिक्रिया दिनुहोस्