नेपाल बैंकसहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो कारोबारको दिन आएर भने सेयर बजारमा केही सामान्य सुधार देखिएको छ । सेयर बजारमा झिनो सुधार भए पनि कारोबार रकम भने अझैं ओरालो लागि रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९७ अकंले बढेर २११६.६५ बिन्दुमा बन्द भएकोछ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेपाल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ५ करोड ९३ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।
साथै, रिडी पावरको ४ करोड ९२ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड ७६ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३९ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।