लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस
काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लकडाउन लम्ब्याउन सुझाव दिएको हो।
बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउन गरेकै कारण कोरोनालाई काबुमा राखेकोले लकडाउन नै उपयुक्त हुने सुझाव आएको बताए।
पछिल्लो पटक बढाइएको अवधि सोमवार राति १२ बजेबाट सकिँदैछ। १५ दिन लकडाउन लम्याउने तयारी भइरहेको बुझिएको छ। केहीबेरमा मन्त्रिपरिषद् बैठक पनि बस्दैछ।
















