प्रविधिमैत्री आधुनिक सेवा प्रवाहमा टेलिकमको योगदान उत्कृष्टः संचार मन्त्री शर्मा « Arthapath.com
२२ माघ २०७९, आईतवार

प्रविधिमैत्री आधुनिक सेवा प्रवाहमा टेलिकमको योगदान उत्कृष्टः संचार मन्त्री शर्मा



काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नविल प्रविधि अवलम्बन गरी आधुनिक सेवा सुविधा प्रवाह गराउने कार्यमा नेपाल टेलिकमको योगदान उत्कृष्ट रहेको छ । टेलिकमको १९औं वार्षिकोत्सवमा बौल्दैं मन्त्री शर्माले विश्वमा भएका औधगिक क्रान्ती पछि सूचना प्रविधिमा आएको क्रान्तिले आज सम्पूर्ण देशलाई एक हत्केलामा राख्न सफल भएको बताइन ।

विगतको सरकारले अघि सारको घर घरमा इन्टरनेट हात हातमा मोबाइल महोत्वकाक्षी नाराले आज सार्थकता भएको बताउदैं अबको दिनहरुमा आफ्नै भूउपग्रह स्थापना गरी सेवा विस्तारसम्मको लक्ष्य लिनु पर्नेछ मन्त्री शर्माको भनाइ थियो ।

उनले भने “सरकारको स्वामित्वमा रहेको कम्पनी भएकाले सरकारको सोच र लक्ष्यलाई समेट्दैं मुलुकका सुगम देखि विकट स्थानमा नाफा रहित रुपमा भए पनि सूचना प्रविधिको सेवाहरु उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको रहेको छ भने अर्का तिर ति विगट स्थानका जनताले तिरेको मूल्यबाट कर्मचारी र कम्पनीको आर्थिक आधार तय भएकोले ती आधारभुत तहका जनताले तिरेको मूल्यको सहि सदुपयोग हुने गरी सुलभ र गुणस्तरिय प्रमुख दायित्व पनि कम्पनीको रहेको छ ।”

टेलिकमले आफ्ना ३८ सय कर्मचारीहरुबाट देशभरका १ करोड भन्दा बढी ग्राहकमा सेवा पुराएको छ । कर्मचारी अभावले प्रभावकार रुपमा सेवा संचालन हुन नसकेको जस्ता समस्यालाई समाधान गरी ग्राहक सन्तुष्टीलाई उच्च प्राथमिकता जुरुरी रहेको बताइन ।

कर्मचारीलाई तोकिएको जिम्मेवारी लक्ष्यमा उच्च स्तरको कार्य सम्पादन उनले निर्देशन दिइन । साथै कार्यक्रममा मन्त्री शर्माले “उपलब्ध जनशक्ति, भौतिक सम्पती र उपकरणहरुको सरक्षण र परिचालन गर्ने कम्पनीको ब्यापार प्रबर्धनलाई उच्च प्रतिफल दिने गरी लगानी प्रबर्धन गर्ने, खरिद कार्यलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, संचालित आयोजनालाई समय भित्र सम्पन्न गर्ने र कर्मचारीहरुको कार्य क्षमता वृद्धि गर्ने उपयुक्त तालिम, पुरस्कार, प्रेरणा र दण्ड जरीवानाको पूर्ण पालना गरेमा कम्पनीको उल्लेखित प्रगति गर्ने सकिने छ ।”

कर्मचारीहरुको अथक परिश्रम र लगनशिलताबीना कर्मचारीको उन्नति सम्भव नभरहेको बताउदै कर्मचारीका गुनासो लाई सम्बोधन गर्ने छलफलमा बस्ने मन्त्री शर्माले बताइन ।

साथै, सोहि कार्यक्रममा संचालक समितिका अध्यक्ष एव संचार तथा सूचना मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले टेलिकमले प्रदान गर्ने सेवा सुविधा सुलब र सहज हुनु पर्ने बताएका छन् । ग्राहकलाई सुलभ मूल्यमा सेवा प्रदान गर्ने लागत कुन ठाउँमा घटाउन सकिन्छ त्यसलाई ध्यान दिनु पर्ने भनाइ राखेका थिए ।

त्यस्तै नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमले ३३५ स्थानिय तहमा संचार बिस्तार गरेको बताए पनि काठमाडौं उपत्यका मै पोजिले उत्कृष्ट काम गर्ने नसेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्