झिनो सुधार आयो सेयर बजारमाः २ अर्ब तल झर्यो कारोबार « Arthapath.com
१५ असार २०८२, आईतबार

झिनो सुधार आयो सेयर बजारमाः २ अर्ब तल झर्यो कारोबार



काठमाडौैं । गत साताको अन्तिम कारोबारको दिन ओरालो लागेर बन्द भएको सेयर बजारमा यो साताको सुरुवातमा झिनो सुधार देखिएको छ ।

नाफा बुक गरिसकेकाहरु बजार केही तल नआएसम्म किन्न तयार नहुनु अघि नयाँले मात्र बजार माथि लैजान नसकेपछि नेप्सेले खासै सुधार हुन सकेको छैन । अहिले आम लगानीकर्ताको ध्यान मौद्रिक नीति समीक्षातिर मोडिएको छ । अब लगानीकर्ता मौद्रीक नितिको प्रतिक्षामा रहेका छन् । मौद्रिक नीति समीक्षा पछि बजार माथि लैजान सहयोग गर्ने आंकलन गर्ने थालिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले बढेर २०९६.०८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार ८ उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.१२ प्रतिशत, विकास बैंक समूहको ०.३२ प्रतिशत, फाइनान्स समूहको १.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७४ प्रतिशत, हाइड्रोपावर समूहको ०.२९ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.४२ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्