लगानीकर्ताको हकहितका जुनसुकै साहसिक काम गर्न पनि बोर्ड तयार छः अध्यक्ष हमला « Arthapath.com
२३ माघ २०७९, सोमबार

लगानीकर्ताको हकहितका जुनसुकै साहसिक काम गर्न पनि बोर्ड तयार छः अध्यक्ष हमला



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हक हित संरक्षणका जुनसुकै साहसिक काम गर्न पनि तयार रहेको बताए ।

बोर्डको कार्य सम्पादन, निष्कासन अनुमति प्रक्रिया र विधमान अवस्था सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले यस्तो बताएका हुन । उनले नेपालीको धितोपत्र बजारलाई अन्तराष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ बजार विकास र विस्तारमा अघि बढेको जानकारी गराए ।

सोही अवसरमा अध्यक्ष हमालले धितोपत्र बजारमा लगानीकर्ताको पहुँच वृद्धि संगसंगै प्रतिस्पर्धी अन्तर्राष्ट्रिय प्रविधीयूक्त धितोपत्र बजार बनाउनप्रतिबद्ध रहेको बताए । यद्यपि सर्वोच्च अदालतको अल्पकालीन आदेश बमोजीम सो सम्वन्धी कार्य हाल स्थगनमा रहेको उनले जानकारी गराए ।

सर्वसाधारण लगानीकर्ताको हकहितलाई ध्यान दिदैं बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा १०० रुपैयाँ सेवा शुल्क लिन सक्ने बिगतको व्यबस्थामा परिमार्जन गरी बढीमा ५ रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यबस्था गरीएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्