कैलालीका किसानलाई एक वर्षपछि राहत « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कैलालीका किसानलाई एक वर्षपछि राहत



काठमाडौं । गत बर्ष गरिमा जातको धान रोपेका किसानले यस बर्ष आएर राहत महशुस गरेका छन् । सरकारले स्थानिय तहमार्फत उक्त राहत प्राप्त गर्न थालेका छन् । पिडित किसानलाई सङ्घीय सरकारको सिफारिसमा स्थानीय तहमार्फत राहत प्राप्त गर्न थालेका हुन्।

धान नपसाएपछि सरकारसँग क्षतिपूर्तिको माग गर्दै निवेदन दिएका किसानले कृषि ज्ञान केन्द्रमा पठाएको विवरण बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हुँदै सङ्घीय सरकारको सिफारिसमा पीडित किसानले राहत पाउन थालेको केन्द्रका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।

उत्पादन लागतको २० प्रतिशत मात्र राहतस्वरुप किसानले प्राप्त गर्ने उहाँले बताए ।

गताबर्ष कैलालीको टीकापुर नगरपालिकामा ५१, भजनीमा ३९, लम्कीचुहामा १२६, गोदावरी नगरपालिकामा १९९ किसानले गरिमा जातको धानखेती गरेका थिए । त्यस्तै कैलारी गाउँपालिकामा २२४ र गौरीगङ्गा गाउँपालिकामा ४३२ किसानले गरिमा जातको धान रोपेका थिए ।


प्रतिक्रिया दिनुहोस्