एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा आकर्षक सुधार आएको छ । अर्थतन्त्रको अधिकांश सूचक सुधार तिर लम्कि रहेको र मौद्रिक नितिमा पनि लगानीकर्ताले दिएका सुझाबहरु पनि समेटिने कुराले सेयर बजारमा हरियाली छाएको जानकारहरु बताउछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७६.६४ अकंले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार एनआइसी एशिया बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको सेयर १२ करोड ९२ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।
साथै, ङादी ग्रुप पावरको ११ करोड ३ लाख, अपि पावरको ९ करोड ३९ लाख ९९ हजार रुपैयाँ, नेपाल लाइफको ८ करोड रुपैयाँको कारोबार भएको छ ।
