सेयर बजारमा उछाल, किन देखियो रौनक ?

काठमाडौं । सेयर बजारमा छलाङ आएको छ । नेपाल राष्ट्र बैंकले यसै साता ल्याउने मौद्रिक नीति सकरात्मक हुने देखिएकाले लगानीकर्ता उत्साहित बनेका हुन् ।
यसअघि अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महामप्रसाद अधिकारीले पनि लगानीकर्ताको हित र उनीहरुको दिएको सुझाव मौद्रिक नीतिमा समेटिने बताउँदै आएका थिए । पछिल्लो समय अधिकांश आर्थिक सुचकहरु पनि सकरात्मक बन्दै गएको मौद्रिक नीति पनि लगानीकर्ताहरुको हितमा आउने आशामा सेयर बजार वृद्धि भएको बताइएको छ । आर्थिक सूचक सुधार तिर लम्कि रहेको बेला सेयर बजारले पनि गति लिने जानकारहरु बताउन् । केहि दिन यता झिनो सुधार आइरहेको सेयर बजारमा आज भने भारी अकंले उकालो लागेको हो ।
अग्रज लगानीकर्ता छोटेलाल रौनियारले भने,– ‘राष्ट्र बैंकले सार्वज्निक गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांकमा शोधनान्तर अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिटेन्स लगायतका अधिकांश सूचकहरुमा सकरात्मक सुधार देखाएको छ । यसले पनि सेयर बजार बढ्न सहयोग गरेको हो ।’
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७६.६४ अकंले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, मंगलबार १३ उपसूचक मै हरियाली छाएको छ । आज बैंकिङ समूहको २.३५ प्रतिशत, विकास बैंकको ५.०७ प्रतिशत, फाइनान्स समूहको ५.९४ प्रतिशत, हाइड्रोपावर समूहको ५.३१ प्रतिशत सहित १३ उपसूचक मै हरियाली भएको हो ।

मंगलबार एनआइसी एशिया बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको सेयर १२ करोड ९२ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ । साथै, ङादी ग्रुप पावरको ११ करोड ३ लाख, अपि पावरको ९ करोड ३९ लाख ९९ हजार रुपैयाँ, नेपाल लाइफको ८ करोड रुपैयाँको कारोबार भएको छ ।