फेरी लाग्यो सेयर बजारमा ओरालो, किन घट्यो बजार ? « Arthapath.com
१५ असार २०८२, आईतबार

फेरी लाग्यो सेयर बजारमा ओरालो, किन घट्यो बजार ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन हरियाली छाएको सेयर बजारमा चौथो दिन फेरी ओरालो लागेको छ । मंगलबार ७६ अकंले उकालो लागेको बजार फेरी ओरालो लागेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांकमा शोधनान्तर अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिटेन्स लगायतका अधिकांश सूचकहरुमा सकरात्मक सुधार देखाएको हुदाँ त्यसको प्रभाव हिजो सेयर बजारमा देखिएको थियो । तर सेयर बजारमा उक्त प्रभाव एक दिन पनि नटिक्दैं फेरी ओरालो लागेको हो ।

अहिले आम लगानीकर्ताको ध्यान मौद्रिक नीति समीक्षातिर मोडिएको छ । सो कारण पनि सेयर बजार राम्रो गति लिन सकेको छैन । नाफा बुक गरिसकेकाहरु बजार केही तल नआएसम्म किन्न तयार नहुनु अघि नयाँले मात्र बजार माथि लैजान नसकेपछि नेप्से प्रभावित भइरहेकोछ । मौद्रिक नीति समीक्षा पछि बजार माथि लैजान सहयोग गर्ने आंकलन गर्ने थालिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर २१७०.२१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार १२ उपसूचक राताम्य भएका छन् भने अन्य समूहको मात्र ०.५० प्रतिशतले सेयर मूल्य बढेको छ । बैकिङ समूहको ०.०६ प्रतिशत, विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको १.९४ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्