यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । हिजो छलाङ आएको सेयर बजारमा आज फेरी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर २१७०.२१ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।
नेपाल रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको सेयर ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
साथै, अपि पावरको १० करोड २१ लाख ६६ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ८ करोड १८ लाख रुपैयाँ र शिबम सिमेन्टको ७ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।
