सेयर बजारमा दोहोरो अकंको सुधार, १२ उपसूचकमा हरियाली आउँदा २ अर्बको भयो कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सुधार देखिएको छ । साताको चौथो दिन सामान्य ओरालो लागेका बजारमा आज भने दोहोरो अकंको सुधार देखिएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांकमा शोधनान्तर अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिटेन्स लगायतका अधिकांश सूचकहरुमा सकरात्मक सुधार देखाएको हुदाँ त्यसको प्रभाव सेयर बजारमा सुधार तिर गएको बताए ।
अहिले आम लगानीकर्ताको ध्यान मौद्रिक नीति समीक्षातिर मोडिएको छ । मौद्रिक नितिमा लगानीकर्ताका माग सम्बोधन हुने विश्वासले लगानीकर्ता सुखी भएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.४३ अकंले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार १२ उपसूचकमा हरियाली लागेको छ । आज म्युचुअल फण्ड समूहको सेयर मूल्य ०.२० प्रतिशतले घटेको हो भने अन्य सूचकमा हरियाली छाएको हो ,। बैंकिङ समूहको ०.३१ प्रतिशत, विकास बैंक समूहको १.४६ प्रतिशतले सेयर घटेकोछ ।
