बाराही हाइड्रोपावरको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.४३ अकंले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार बाराही हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता आज ५७ रुपैयाँले बढेर ६२७ रुपैयाँ पुगेको छ ।
साथै, विजयी लघुवित्तको ५.९२ प्रतिशत, जोशी हाइड्रोपावरको ५.६३ प्रतिशत, न्यादी हाइड्रोपावरको ५.३५ प्रतिशतले सेयर बढेको हो ।
