सेयर बजारमा पहिरो जाँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
१५ असार २०८२, आईतबार

सेयर बजारमा पहिरो जाँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । सेयर लगानीकर्ताले सेयर धितो कर्जामा तोकिएको ४ करोड र १२ करोडको सीमा परिमार्जन गर्ने र ब्याजदर घटाउने तथा तरलता बढाउने खालका सुधारको अपेक्षा गरेको थियो । तर सो सुधार नभए पछि आज सेयर बजारमा पहिरो गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.८८ अकंले घटेर २१२१.७५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँको कारोबार भएको छ ।

आइतबार हिमालयन डिस्टलरीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज १४ करोड ३७ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, ङादी ग्रुप पावरको ११ करोड २९ लाख हजार रुपैयाँ, अपि पावरको ७ करोड ८० लाख रुपैयाँ, उपर तामाकोशी हाइड्रोपावरको ७ करोड ७६ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्