मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारले ओरालो यात्रालाई निरन्तता दिएको छ । गत शुक्रबार जारी भएको मौद्रिक नीति समीक्षामा लगानीकर्ताले अपेक्षा गरेजस्तो नीतिगत बदलाव नदेखिएपछि नेप्सेमा यसको खराब नतिजा देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४० अकंले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँ भएको छ ।
मंगलबार हिमालयन डिस्टलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ७ करोड ७५ हजार ६५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको ७ करोड ७४ हजार रुपैयाँ, एनआइसी एशिया बैकको ६ करोड ९० हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४ करोड ७२ हजार रुपैयाँ र अपी पावरको ४ करोठ ५१ लाख रुपैयाँको कारोबार भएको छ ।
