राताम्य सेयर बजारमा पनि यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ? « Arthapath.com
१५ असार २०८२, आईतबार

राताम्य सेयर बजारमा पनि यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?



काठमाडौं । सेयर बजार केहि दिन यता निरन्तर ओरालो लागि रहेको छ । सेयर बजार ओरालो लाग्दा लगानीकर्ता निराश बन्दैं गएको छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१५ अकंले घटेर २०७०.४१ बिन्दुमा बन्द भएको छ । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ कित्ता रुपैयाँको कारोबार भएको छ ।

बिहिबार हिमालयन डिस्टलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ५ करोड ३८ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, अपि पावरको ५ करोड १३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४ करोड ३६ लाख रुपैयाँ महिला लघुवित्तको ४ करोड रुपैयाँ र नबिल बैंकको ३ करोड ८४ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्