अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

कैलालीमा लाखौँको दुग्धजन्य पदार्थ बिग्रियो

काठमाडौं । लामो समय लकडाउन भएपछि कैलालीका दूध डेरी सञ्चालकलाई लाखौँ घाटा भएको छ। लकडाउनका कारण डेरी सञ्चालकको दुग्धजन्य पदार्थ बिग्रिएर लाखौँ नोक्सान भएको उनीहरुको गुनासो छ। कैलालीको भजनीस्थित बडीमालिका दूध डेरीमा ३०० किलो पनिर बिग्रिएको छ। दुग्ध व्यवसायी युवासिंह ठकुरीले डेढ लाख मूल्य पर्ने पनिर बिग्रिएर बङ्गुरलाई खुवाएको बताए।