काठमाडौं । असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामबिहिन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा हुने सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय जेठ १४ गते बसेको मन्त्रिरिषद्को बैठकले गरेको छ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।