काठमाडौँ । “काम गर्ने मान्छेलाई यो शहरमा उसै बस्न गाह्रो हुँदोरहेछ, बरु गाउँ गएर मकै छरेर लकडाउन सकिएपछि आउँछु ।” सिन्धुली सिरथौलीकी निर्मला तामाङ बन्दाबन्दीको समयमा पनि गाउँ जान पाउँदा खुशी हुनुहुन्छ । उहाँलाई लकडाउनपछिको एक महिना एउटै कोठामा बिताउन गाह्रो भएको थियो । दैनिक ज्यालादारी गरेर तीन छोरछोरी पढाउँदै