यो वर्ष २० प्रतिसत गाडी आयात घट्ने देखेको छु « Arthapath.com
१३ भाद्र २०७६, शुक्रबार

यो वर्ष २० प्रतिसत गाडी आयात घट्ने देखेको छु



इलेक्ट्रीक गाडीलाई घरमा चार्ज गरेर संभवनै छैन ।

करण चौधरी, कार्यसमिति सदस्य, नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल

तथा भेइकल समिति सभापती

अहिले राजधानीको भृकुटीमण्डपमा अटो मोवाइल संबन्धी मेला नै लागेको छ । दशैँ नजिकीदै जाँदा नयाँ सवारी किन्ने र बुकिङ गर्ने प्रचलन छ । यसै सन्र्दभमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले ओटो प्रर्दशनी राख्दै आएको छ । यही भदौ १० गतेदेखी सुरुभई १५ गतेसम्म चल्ने यस मेलामा विभिन्न ब्राण्डका ९० स्टलहरु छन । युवा व्यावसायी करण चौधरी नाडाको भेइकल समितिका सभापतीसमेत हुन । चौधरी ग्रुपका कार्यकारी निर्देशक करण चौधरी युवा उद्यमीको परिचय बनाएका छन । भारतीय चर्चित कार कम्पनी मारुती सुजुकीका विभिन्न गाडीहरु सिजि मोटोकर्पले आयात र विक्री गर्दै आइरहेको छ । अटो सो र नेपालको यातायातको अवस्थाका बारेमा गरीएको कुराकनीको सारअंश ः–


अहिले जारी नाडा अटो सो के का लागी ?
अटो सो विभिन्न देशमा हुने गर्छ । विदेशमा प्रोडक्टको नयाँ ब्राण्डको सो केस मात्र हुन्छ भने हाम्रो देशमा विक्री पनि हुन्छ । हाम्रोमा डारेक्ट कष्टमरलाई बेच्ने प्रकृया सुरु हुन्छ ।


नाडा अटो सोको १४ औं संस्करणसम्म आइपुग्दा फरक पक्षचाँही के पाउनुभएको छ ?
अहिले नेपालमा भएका सबै अटोसँग संबन्धीत ब्राण्डहरुलाई समेट्न सकेका छौं । सवारी साधनको प्रविधिका हिसावले पनि यसपाली ३ ओटा नयाँ प्रविधि सोकेस भएका छन । एउटा नर्मल फिउल गाडी भैहाल्यो अर्को इलेक्ट्रीक गाडीका पनि नयाँ मोडलहरु आएका छन । भने यो वर्ष नयाँ हाइब्रीड गाडिहरु पनि आएका छन ।

३०/४० लाखभन्दा माथिका गाडी विलासिताको गाडी हुनसक्छ ।


नेपालमा ४२ प्रतिसत कारको हिस्सा सुजुकीको छ ।


हाइब्रीड गाडी भनेको कस्तो गाडी हो ?
फिउलको साथै व्याट्री पनि हुन्छ यसमा । फिउललाई सेभिङ गराउन ब्याट्री सहितका गाडी पनि आएका छन ।


नेपाल राष्ट्र बैंकले ओटो लोनमा कडाई गरेको छ यस्तो अवस्थामा अटो सो कसरी सफल होला ?
सफल होला जस्तो लाग्छ । अपेक्ष राम्रो हुन्छ भन्ने लाग्छ । सरकारले पनि केही बाध्याता देखेर पोलिसि ल्याएको होला ।


किन बैंकहरुले गाडी कर्जा दिन मानिरहेका छैनन् ?
राष्ट्र बैंकको निती अनुसार कर्जामा केही कडाइ गरेका हुन । राष्ट्रको आयात घटाउनलाई यस्तो निती लिएको जस्तो लाग्छ ।


नेपालको राजधानीमै सडकको अवस्था नाजुक छ, व्यावसायीहरुले गाडीमात्र बेचेर के गर्ने ?
विभिन्न चरणमा यो कुरा नउठेको होइन । सरकारको फोकस सडकको सञ्जाल विस्तारमा हुनुपर्ने हो । मुख्य कुरा सडक सञ्जालको विस्तार हुनुप¥यो ।


इलेक्ट्रीक गाडीको आयात बढाउन के गर्नुपर्ला ?
पहिलो कुरा पुर्वाधार नै बनाउनुपर्छ । आजको दिनमा इलेक्ट्रीक गाडीलाई घरमा चार्ज गरेर संभवनै छैन । चार्ज स्टेसनहरु बढाउनुप¥यो । सवारी साधनको माग काठमाडौं बाहिर पनि छ । त्यहाँ इलेक्ट्रीक गाडी कति समय चार्जले चल्न सक्छ ? ठाउँ ठाउँमा चार्ज स्टेसनहरु बनाउनुपर्छ । त्यसको लागी पुर्वाधारनै मुख्य कुरा हो ।


मेलामा बुक भएका अधिकांस गाडी विक्री हुँदैनन भन्ने छ नि ?

मेलामा बुक भएका ८५ प्रतिसत गाडी विक्री हुने गरेको छ । सुजुकीको केसमा उत्साहपुर्ण छ ।


गरिव मुलुकमा बर्सेनी महंगा गाडी देखाउँदै बेच्नु अर्थतन्त्रका लागी राम्रो हो ?
हामी नेपाली जे देख्य त्यै चाहिने छ । महंगा गाडी हुादैमा किनीहाल्नुपर्छ भन्ने छैन । खुल्ला बजारमा कसैलाई नकिन भन्न त मिल्दैन तर आज विलाशिताको विषयलाई क्याटोगोराइज गर्नुपर्छ । ३०÷४० लाखभन्दा माथिका गाडी विलासिताको गाडी हुनसक्छ ।


बैंकहरुले कर्जा नदिने हो भने अटो बजार ठप्प हुने रैछ होइन ?
हो किनभने ७० देखी ८० प्रतिसत गाडीहरु बैंकमार्फत कर्जाबाटै किनीएका हुन्छन । बैंकको सपोर्टविना अटोमोवाईलको बजार सफल हुन सक्दैन ।


नेपालमा के कारणले सवारीसाधनको आयात घटिरहेको छ ?
आयात घट्नुको मुख्य कारण भनेकै फाइनान्सिङ सिचुएसन हो । अर्थतन्त्र चलाएमान भएपछि फेरी ओटो व्यावसाय बुम हुनेछ । विगत २ वर्षदेखी सवारी साधान आयात घटिरहेको छ । यो वर्ष पनि २० प्रतिसत गाडी आयात घट्ने देखेको छु ।


नेपालमा सबैभन्दा बढी बजार सुजुकीको छ भन्नु हुन्छ के कारणले बढी बजार लियो ?
सुजुकीप्रति ग्राहाकको विश्वास नै मुख्य कारण हो । हामीले कष्टमरको रोजाइको मुल्यमा रोजाइको फ्लेवरको गाडी दिन सकेका छौं । साना कम मुल्यका सुजुकीका गाडी नेपालका कम आयस्रोत भएकाको बाहुल्य छ त्यसैले हाम्रो गाडी बढी विक्री भएको हो ।


नेपाली बजारमा सुजुकीको हिस्सा कति छ ?
नेपालमा ४२ प्रतिसत बजार हिस्सा सुजुकीको छ । यसलाई थप बढाउनेमा छौं ।


सुजुकीका नयाँ कस्ता कार बजारमा छन ?
हामीले हाइब्रीड कारहरु ३ ओटा नयाँ ल्याएका छौं । त्यो सस्तो राम्रो पनि छ । सुजुकीको इलेक्ट्रीक भइकल नभएपनि हाइब्रीड कारहरु उत्पादन सुरु गरेको छ । २०२० मा सुजुकीको इलेक्ट्रीक गाडी आउने छ ।


यो वर्षको अटो सोमा कतिको गाडी विक्ने र कतिले भ्रमण गर्नेछन ?
यो वर्ष ७५ हजारले मेला अवलोकन गर्नेछन । करोवार यो वर्ष ५ सय करोडको हुने अपेक्षा गरेका छौं । यो पुरा हुन्छ ।


प्रतिक्रिया दिनुहोस्