यस्तो छ हालसम्म घोषणा ७ ओटा बाणिज्य बैंकहरुको लाभांस, कसको कति ? « Arthapath.com
१३ कार्तिक २०७७, बिहीबार

यस्तो छ हालसम्म घोषणा ७ ओटा बाणिज्य बैंकहरुको लाभांस, कसको कति ?



काठमाडौं । आज कात्तिक १३ गते । हालसम्म २७ ओटा वाणिज्य बैंकहरुमध्ये ७ ओटाले सेयरधनीलाई लाभांस घोषणा गरीसकेका छन । गत आवमै कारोनाको कारण बैंकहरुको नाफामा केही प्रभावित पारेको थियो । गत आवको अन्तिम क्वाटरमा बैंकहरुले खासै लगानी गर्न र व्याज उठाउन सकेका थिएनन । त्यसैले बैंकहरुको गत आवको नाफामा केही गिरावट आएका कारण बैंकहरुले सेयरधनीलाई दिने लाभांस पनि केही घटेको छ ।

बैंकहरुले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश घोषणा गरिरहेका छन । हालसम्म ७ वटा बाणिज्य बैंकहरुले भने लाभांश घोषणा नै गरिसकेका छन । ति बैंकहरुले सेयरधनीलाई बोनस सेयरनै धेरै दिएका छन भने क्यास त केहीले कर समायोजनको लागीमात्रै दिएका छन ।

सबैभन्दा पहिले लाभांस घोषणा गर्नेमा माछापुच्छ्रे बैंक हो । माछापुच्छ्रे बैंकले ७.०३ बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । अहिले बजारमा आक्रामक रुपमा आएको एनआइसि एसिया बैंकले सबैभन्दा बढी २० प्रतिसत लाभांस घोषणा गरेको छ । एनआइसी एसिया बैंकले १९ प्रतिसत बोनस र १ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यसैगरी बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस सेयर र ३ प्रतिसत नगदसहित १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । हालै देवः विकास बैंकलाई आफुमा गाभेको कुमारी बैंकले १० प्रतिशत बोनस र चार प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश घोषणा गरिसकेको छ ।

एत गत आवमा जनता बैंकलाई आफुमा गाभेको ग्लोबल आइएमई बैंकले १६ प्रतिसत लाभांस घोषणा गरेको छ । ग्लोवल आईएमईले १४ प्रतिशत बोनस सेयर र २ प्रतिसत नगदसहित १६ प्रतिशतको लाभांश घोषणा गरेको छ ।

गैर आवासिय नेपालीहरुको लगानी रहेको सानिमा बैंकले १३.६ प्रतिसत लाभांस घोषणा गरेको छ । सानिमाले १० प्रतिशत बोनस सेयर र ३.६ प्रतिसत नगदसहित १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ । सिटिजन्स बैंकले ७.७ प्रतिशत बोनस र ३.३ प्रतिसत नगद सहित ११ प्रतिसत लाभांश घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्