कामना सेवा बैंकले १ अर्बको ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति ? « Arthapath.com
७ माघ २०७७, बुधबार

कामना सेवा बैंकले १ अर्बको ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति ?



काठमाडौं । कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट बैंकले अनुमति पाएको छ । कामना सेवा विकास बैंक २०८७ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको हो । ४ लाख इकाई सर्वसाधारण र ६ लाख इकाई संघसंस्थालाई बिक्री गरिने बैंंकले जनाएको छ ।

बैंकको ऋणपत्रमा वार्षिक ९.५ प्रतिशत ब्याजदरमा १० बर्ष अवधि छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले लिमिटेडले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्