सिभिल बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा « Arthapath.com
६ पुष २०७८, मंगलवार

सिभिल बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा



काठमाडौं । सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पौष ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाइ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्